१४ कार्तिक २०८३, शुक्रबार

नेपालगञ्जमा मदरसा दस्तारबन्दी तथा हिफ्जे कुरआन कार्यक्रम हुने

एसीपी संवाददाता

१४ कार्तिक २०८३, शुक्रबार २२:२२ मा प्रकाशित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरस्थित मदिना नुरी मस्जिदमा भव्य धार्मिक कार्यक्रमका रूपमा मदरसा दस्तारबन्दी तथा हिफ्जे कुरआन कार्यक्रम आयोजना हुने भएको छ।

दारुल उलुम गुल्शने मदिना, गणेशपुरको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा भारतका प्रख्यात इस्लामिक धर्मगुरु तथा प्रवचनकर्ता सैयद अमीनुल कादरी साहब किब्लाको विशेष उपस्थिति तथा धार्मिक प्रवचन रहने आयोजकले सार्वजनिक गरेको पोस्टरमा उल्लेख छ।

कार्यक्रम आगामी २०८३ साल मंसिर २१ गते सोमबार (७ डिसेम्बर २०२६) अर्थात् २६ जमादिउल आखिर १४४८ हिजरीका दिन इशाको नमाजपछि सञ्चालन हुने जनाइएको छ।

कुरआन पाक हिफ्ज गर्ने विद्यार्थीहरूको सम्मानस्वरूप दस्तारबन्दी गरिने यस कार्यक्रमले धार्मिक शिक्षा, इस्लामिक संस्कार तथा नयाँ पुस्तामा कुरआन शिक्षाको महत्व बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजकले उक्त धार्मिक कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण धर्मप्रेमी, अभिभावक तथा स्थानीयवासीहरूलाई आग्रह गरेको छ।

स्थान: मदिना नुरी मस्जिद, गणेशपुर, वडा नं. ४, नेपालगञ्ज, बाँके।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x