१० कार्तिक २०८१, शनिबार

नेपालगन्जमा दोस्रो महोत्सव फागुन २१ देखि चैत्र २ सम्म सन्चालन हुने

एसीपी संवाददाता

२३ माघ २०७६, बिहीबार ०५:०५ मा प्रकाशित

माघ २३ गते सन्ध्या शर्मा नेपालगन्ज । ए.जि.सर्भिस प्रा.लि नेपालगन्जको आयोजनामा दोस्रो नेपालगन्ज महोत्सव २०७६ सन्चालन हुनेभएको छ ।
बुधबार पत्रकार सम्मेलन गरि फाल्गुन २१ गतेदेखि चैत्र २ गतेसम्म महोत्सव सन्चालन रह्ने जानकारी दिइएको हो । आयोजक ए.जि. सर्भिस प्रा.लि.का अनुसार नेपालगन्ज वडा नम्बर १ स्थित वाटरपार्कको खुल्ला ठाँउमा महोत्सव सन्चालन हुने जानकारी दिएको हो ।
संस्थाले नेपाली गीत-संगीत , कला, संस्कृति, भाषा, पर्यटन, अध्यन, अनुसन्धान, अभिलेखिकरण, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाइ देशमा रहेको बेरोजगार युवाहरुलाई रोजगार दिने मुल उदेश्यका साथ आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।
महोत्सवमा करिब ३०० बढी स्टल रहने र दिउँसोको कार्यक्रम पछी रात्रीकालिन कन्सर्टको व्यवस्था मिलाइएको छ । कन्सर्टमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति का साथै आन्तरिक सुरक्षा गार्डहरुको उचित व्यवस्था गरिएको छ भने महोत्सव परिसर सिसीटिभी क्यामराबाट निगरानी रहने आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x