नेपालगन्जमा सरसफाइ कर्मचारीको लापरबाहीले संक्रमणको खतरा
नेपालगन्ज उपमहानगरपालिकाले सरसफाइ कार्यक्रमलाई ध्यान दिए पनि सफाइकर्मीका कारण फोहोर ब्यवस्थापन हुन सकेको छैन ।
दैनिक जसो बाटो मा कुछो लगाउने फोहोर एकात्रीत गर्ने गरेको तर बाटोको छेउमा जम्मा भएको फ़ोहोर उठाउन डम्पर ल्याउने तर आधा फोहोर बाटोको छेउमा छोडने बानीले गर्दा नागरिक फोहोरकै दुर्गन्धितले बिरामी हुन सक्ने भएका छ्न । हरेक दिन जसो फोहोर उठाउन आउने कर्मचारीले समेत ध्यान नदिएकाले फोहोर ब्यवस्थापन राम्रो संग हुन नसकेको स्थानीयले बताएका छ्न । कर्मचारीलाई आफै झोलामा प्याक गरेर दिनु पर्ने हामी उठाउन आएका हैनौजस्तो भनाई राखेका हुन । नेपालगन्ज उपमहानगरपालिका युवा मेयर प्रशान्त बिष्टले गरेको प्रतिबद्धता ( हाम्रो नेपालगन्ज , राम्रो नेपालगन्ज )को सरसफाइ कर्मचारीले नै खिल्ली उडाइ रहेका छ्न ।
नेपालगन्ज उपमहानगरपालिका अन्तरगत फोहोर ब्यवस्थापन समितिको पनि जिम्मेवारी हो ।सरासर कर्मचारीको नैतिक जिम्मेवारी के हो जहाँ जहाँ फोहोर जम्मा भएको छ त्यो फोहोरको सरसफाइ गराइ फोहोर ब्यवस्थापन कसरी गर्ने गराउने तिर ध्यान दिन जरुरी रहेको छ ।
यो बिसयमा छिट्टै नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण हुने आशा मा छौ स्थानीयले बताएका हुन ।



