२९ भाद्र २०८३, सोमबार

नेपाललाई दुःख पर्दा चीनको नाकाबन्दी किन ?

एसीपी संवाददाता

२९ भाद्र २०८३, सोमबार १५:४४ मा प्रकाशित

रसुवागढी नाका बाढी–पहिरोका कारण गम्भीर रूपमा प्रभावित भएपछि नेपाल–चीन व्यापारका लागि तातोपानी नाकाले वैकल्पिक राहत दिन सक्ने अपेक्षा गरिएको थियो। तर, यही बेला चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको छ ।
२०७४ सालको बाढी–पहिरोपछि पनि तातोपानी क्षेत्रको सडक र व्यापारिक आवागमन पटक–पटक जोखिममा पर्दै आएको थियो। कठिन भौगोलिक अवस्थाका बीच नेपाली चालक तथा व्यवसायीहरूले जोखिम मोलेर सामान ढुवानी गर्दै आएका छन्।
आज रसुवागढी नाका अवरुद्ध छ। तातोपानी पनि बन्द छ। यस्तो अवस्थामा सरकारले तातोपानी नाकाको सडक तथा पूर्वाधारलाई तत्काल स्तरउन्नति गरेर नेपालको आपूर्ति प्रणालीलाई राहत दिने वैकल्पिक मार्ग बनाउनुपर्ने हो कि होइन?
सबैभन्दा महत्वपूर्ण प्रश्न त राजनीतिक दलहरूप्रति छ—
नेपाललाई संकट पर्दा छिमेकीले नाका बन्द गर्दा नेपालका कम्युनिस्ट पार्टी र उनीहरूका नेताहरू किन मौन छन्?
छिमेकीसँग असल सम्बन्ध आवश्यक छ। तर असल सम्बन्ध भनेको प्रश्नै नगरी मौन बस्नु होइन।
नेपालको राष्ट्रिय हित, व्यापारिक सुरक्षा र संकटको समयमा निर्बाध आपूर्ति सुनिश्चित गर्नु सरकार र राजनीतिक दलहरूको जिम्मेवारी हो ।

गम्भीर प्रश्न सरकार लाई ? 

के नेपालमा बालेन सरकार बन्ने बित्तिकै चीनले जानीजानी नाकाबन्दी , विभिन्न कार्यमा सरकार लाई असफल पारेको हो । बालेन सरकार संग के को बदला लिन खोज्दै चिनियाँ सरकार ? यो गम्भीर बिसयमा राजनीतिक बहस हुन जरुरी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x