६ जेष्ठ २०८३, बुधबार

नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनविरुद्ध प्रदर्शन

एसीपी संवाददाता

७ आश्विन २०७७, बुधबार ०९:४१ मा प्रकाशित

हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

https://www.youtube.com/watch?v=3kWHl5B1ZVM

उनीहरुले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायतका प्ले कार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

चीनको दाबी नेपाली भुमिमा भवन निर्माण भएको छैन्

चीनको दाबी नेपाली भुमिमा भवन निर्माण भएको छैन्


हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ ।

हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

२०७२ सालबाट हराएको ११ नम्बर सीमास्तम्भ अहिले खोजी

२०७२ सालबाट हराएको ११ नम्बर सीमास्तम्भ अहिले खोजी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x