१३ कार्तिक २०८३, बिहीबार

नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर भन्दै बिरोध प्रदर्शन

एसीपी संवाददाता

११ माघ २०७७, आईतवार १०:१६ मा प्रकाशित

चन्दन पटेल एसिपी । नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थीत नापी बिभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म बिभागमा धर्ना दिने जनाएको छ ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सुचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताउनुभयो । नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका बिषय पनि सार्वजनिक गर्नुपर्ने उहाको भनाई छ ।
https://drive.google.com/file/d/1abpZxp4yFvSphumjgVhGdqiecx3uw9wI/view?usp=drivesdk
सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने अभियानको भनाई छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

2
0
Would love your thoughts, please comment.x
()
x