नेपाल र भारतका स्टार्टअप प्रणालीलाई एकै ठाउँमा जोड्ने एउटा नयाँ पहल
नेपाल र भारतका स्टार्टअप प्रणालीलाई एकै ठाउँमा जोड्ने एउटा नयाँ पहलको थालनी भएको छ। ‘आईएन–स्प्यान’ नामक प्लेटफर्मले नेपाली उद्यमीहरूलाई भारतको एक प्रमुख नवप्रवर्तन केन्द्रमा तालिम कार्यक्रममा सहभागी हुनका लागि आवेदन आह्वान गरेको छ। जसमा नेपाली उद्यमीहरूले २०८२ कात्तिक १५ देखि २९ गतेसम्म फारम भर्न पाउने छन्।
आईएन–स्प्यानले आईआईटी मद्रास प्रवर्तकको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्ने भएको छ। आवेदनमा छनौट भएका उद्यमीहरूले भारतको आईआईटी मद्रास मा ८ हप्ताको पूर्ण–वित्त पोषित तालिम र नवप्रवर्तन कार्यक्रममा सहभागी हुने अवसर पाउने छन्। सहभागी उद्यमीहरूले यस कार्यक्रम अन्तर्गत विशेषज्ञहरूको मार्गदर्शन, प्रयोगात्मक सिकाइ र इन्टर्नसिपको महत्त्वपूर्ण अवसर प्राप्त गर्ने छन्।
आईएन–स्प्यानको यो पहलले नेपाली उद्यमीहरूको सोचलाई मूर्त रूप दिन र उनीहरूको उद्यमलाई व्यावसायिक सफलतामा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। यस पहलले नेपाली स्टार्टअपहरूलाई भारतको शीर्ष नवप्रवर्तन केन्द्रहरूमध्ये एकमा परामर्श तालिम र उद्योग एक्सपोजर प्राप्त गर्ने मौका प्रदान गरेको छ। यसले दुई देशबीचको आर्थिक र नवप्रवर्तन सहकार्यलाई थप बलियो बनाउने महत्वपूर्ण कदम मानिएको छ।नागरिक



