१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन

एसीपी संवाददाता

१५ कार्तिक २०७८, सोमबार ०७:३८ मा प्रकाशित

१५ गते कात्तिक २०७८ सोमबार । इस्लामावाद – पाकिस्तानमा चर्को मूल्यवृछि भएपछि सरकारविरुद्ध लगातार आन्दोलनहरु भइरहेका छन्। पाकिस्तानको अवामी नेशनल पार्टी (एएनपी) ले पाँच दिनदेखि लगातार खैबर पख्तुनख्वामा आन्दोलन गरिरहेको छ।

सरकारले दैनकि उपभोग्य वस्तुमा पनि लगातार मूल्य वृद्धि गरेको र मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसकेर गरिबहरुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै एनपीले आन्दोलन गरिरहेको हो। एनपीका नेताहरुले खैबर पख्तुनख्वा प्रान्तका सबै जिल्लामा भइरहेका आन्दोलनहरुलाई सम्बोधन गरेका छन्।

विभिन्न जिल्लामा भएका ¥यालीहरुलाइृ सम्बोधन गर्दै एनपीका महासचिव मियान इफ्तिखार हुसेनले सरकारले गरिबलाई मर्न बाध्य बनाएको आरोप लगाए। उनले राष्ट्रिय जवाफदेहिता ब्युरो पनि पूर्वाग्रही भएको र निर्दोष व्यक्तिहरुलाई अनावश्यक र बनावटी आरोप लगाउन थालेको बताएका छन्। उनले एनएबीले पनि भ्रष्ट सरकारका मन्त्रीहरु र सत्तारुढ दलका नेताहरुलाई क्लिन चिट दिएकोप्रति आपत्ति जनाएका छन्।

विदेशमा लगानी गरेर अकूत सम्पत्ति कमाएको भन्दै प्यान्डोरा पेपर्समा नाम आएका इमरान खान क्याबिनेटका दुई मन्त्रीहरुलाई हालसम्म कुनै कारबाही गर्न नसकेकोसमेत बताएका छन्। प्रधानमन्त्री खानले जानाजान मूल्यवृद्धि गराएको र गरिबहरुलाई मर्न बाध्य पारेको बताएका हुन्।

बेरोजगारी समस्या समाधान गर्नका लागि सरकारले कुनै योजना ल्याउन नसकेको भन्दै आपत्ति जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x