पाकिस्तानमा लुक्दै आएका अलकायदा प्रमुखको अफगानिस्तानमा भब्य स्वागत
आतंककारीहरुका लागि स्वर्ग स्थान मानिने पाकिस्तानमा लुक्दै आएका अलकायदा प्रमुख दुई दसक पछि अफगानिस्तान पुगेका छन । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने लगत्तै भोलिपल्ट अलकायदा प्रमुख तथा प्रभावशाली नेता अमीन उल हक अफगानिस्तान फर्केका हुन् । उनी बिगत २० बर्ष देखि पाकिस्तान लुक्दै बस्दै आएका थिए ।
अफगानिस्तानमा अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वाश पात्र एवम् सहयोगी थिए । तत्कालीन अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्यु पछी अलकायदाको कमाण्ड सम्हालेका अमीन उल हक अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन् । यसरी खुले आम अलकायदा प्रमुखको स्वागत गर्दा बिश्व समुदाय एक अर्काको मुख ताक्ने बाहेक कुनै विकल्प नरहेको ? यसै अहिले बिश्वका थुप्रै देशहरुमा आतंकवाद फैलिएको हो ।
अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकबादीको सुचीमा अमीनको नाम पनि सामेल थियो । अमीन अफगानिस्तान फर्केपछि त्यहाँ अलकायदाको पकड बलियो हुन सक्ने आंकलन गरिएको छ । तालीवानको हातमा सत्ता गएको अफगानिस्तानमा अलकायदाका प्रमुख पनि पुग्नुले यी दुई समूहको गठबन्धनले आतंकबाद झन मौलाउने आशंका पनि गरिएको छ । अब बिश्वका थुप्रै देशहरुको ध्यानाकर्षण हुन जरुरी रहेको छ । तत्कालीन अलकायदा प्रमुख ओसामा बिन लादेन पाकिस्तानको क्वेटा शहर मारिएका थिए । अहिले आएर पुनः अलकायदा प्रमुख पाकिस्तान अफगानिस्तान पुग्नु भनेको कस्तो संकेत हो बिश्वले बुझ्न जरुरी रहेको छ । यो समाचार बिभीन्न एजेन्सी बाट


