१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई किताब वितरण रोक्न दवाव दिएको कुरा बाहरियो

एसीपी संवाददाता

१४ आश्विन २०७७, बुधबार १३:३५ मा प्रकाशित

फाइल तस्बिर

सरकारले आवश्यक त्रुटि सच्याएर वितरण गर्ने भनेको पुस्तक ‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’ परिमार्जनको काम अगाडि बढाएको छैन ।

त्यसो त, शिक्षा मन्त्रालयले जस लिन लाग्यो भनेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र परराष्ट्र मन्त्रालयले नै प्रधानमन्त्रीलाई उक्त किताब वितरण रोक्न दवाव दिएको कुरा पनि बाहिरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तकमा संशोधन आवश्यक रहेको भन्दै वितरण नगर्न १ असोजमा निर्देशन दिएका थिए । पुस्तक परिमार्जनमा भने सरकारले चासो देखाएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सच्याउनुपर्ने सूची दिने भनेको तर अहिलेसम्म नदिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले बताए । उनले भने, ‘पुस्तकको काम यथास्थितिमा छ भनेर बुझ्नुस् ।’

उनका अनुसार, विज्ञहरूको सल्लाह–सुझाव आउने सम्भावनालाई ध्यानमा राखेर पहिलो संस्करणमा पाँच सय प्रतिमात्र छापिएको थियो । पाठ्यक्रम विकास केन्द्रका ती अधिकारी भन्छन्, ‘अरु पुस्तक प्रकाशित गर्दा सुझाव लिने तरिका पनि यस्तै हो ।’

‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’को प्रकाशक रहेको केन्द्रका अधिकारीहरू नेपालको कुल क्षेत्रफलमा ४६०.२८ वर्गकिलोमिटर थपिने भएपछि आएको भारतीय दबाबले काम गरेको हुनसक्ने अनुमान गर्छन् ।

चुच्चो नक्सा जारी गर्दा नै क्षेत्रफल निकालेको भए अहिले यो लफडा नहुने केन्द्रका अधिकारीहरूको बुझाइ छ ।सभार-अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x