१३ कार्तिक २०८३, बिहीबार

बलात्कारपछि हत्या गरिएकी बैतडीको भागरथी भट्टको आज दाहसस्ंकार

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०३:२३ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी भागरथी भट्टको शब आज दाहसस्ंकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी भागरथी भट्टको शब आज दाहसस्ंकार गरिने भएको छ । हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शब बुझेर दाहसंस्कार गर्न लागेका हुन् । बिहान १० बजे गोठलापानि बजारदेखि सेरासम्म शवयात्रा निकालिने मृतकका दाई केशबराज भट्टले बताउनुभयो । शवयात्रामा सहभागीता भैदिन उहाँले आफन्त तथा सुभेच्छुकहरुमा आग्रह समेत गर्नुभयो ।

प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए । तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग हिजो एक्लाएक्लै कुरागर्न लगाइएकोमा सबैका अगाडी आफैले बलत्कार र हत्या गरेको दिनेशले स्वस्कार गरेका हुन् । दिनेशले आफ्ना बुवासंग समेत ४ घण्टा अलग्गै बसेर कुरागर्दा सबै घटना आफैले गरेको स्वीकार गरेका छन् । अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज आफुहरु शवको दाहसस्कार गर्न लागेको मृतकको आफन्तले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x