९ माघ २०८२, बिहीबार

बसंत पंचमीमा यसरी गरौं माँ सरस्वतीको खास वंदना, पूरा हुनेछ हर मनोकामना

एसीपी संवाददाता

१६ माघ २०७६, बिहीबार ०७:३१ मा प्रकाशित

नन्दलाल शाहु माघ १६ गते नेपालगन्ज । बर्ष दिनको प्रतीक्षा पछि त्यो समय आई नै हाल्यो , जसको प्रतीक्षा हामी सबैलाई थियो। माघ मास को शुक्ल पक्ष को पंचमी तिथिमा बसंत पंचमी छ। बसंत पंचमी को पर्व यसकरण पनि महत्त्वपूर्ण छ कि यस दिन माता सरस्वतीको जन्मोत्सव मनाइन्छ| वसंत पंचमीका दिन शुभ महूर्तमा स्नान गरे पश्चात् पहिलो वस्त्र लगाएर माताको अराधना गरिन्छ। जुनकी माता सरस्वतीको प्रिय रंग हो | बसंत पंचमीको दिन कुनै पनि प्रकारको धार्मिक कार्य या शुभ कार्य गर्नु एकदमै राम्रो मानिने गरिन्छ|
उपमहानगरपालिका नेपालगन्जमा रहेको सबैभन्दा पुरानो माता सरस्वतीको मन्दिर हाल जेष्ठ नागरिक सेवा समाज समिति नेपालगन्ज 13 द्वारा संचालित छ।समितिका सचीव गोबिन्द प्रसाद घिमिरेका अनुसार २०२६ सालमा भएको स्थापनकाल देखि नै यस ठाँउको महिमा बढी रहेको र विद्यार्थी भाई बहिनीहरुको यस ठाँउ प्रति श्रद्धा बढदै गएको पाइन्छ।
यस दिन सबै ठाँउमा रहेका स्कूल, कॉलेज वा कला संग जुड़ेका हर क्षेत्रमा माता सरस्वतीको वन्दना गरिने गरिन्छ । माता सरस्वती स्वर, संगीत, कला, ज्ञान और बुद्धिमता की देवी हुन| जनमानसमा माता सरस्वतीको अराधना ज्ञान र कलाको प्राप्तिको लागि गर्ने गर्छन् | माता सरस्वतीको तस्वीर लाई कला र ज्ञान प्रशिक्षण हुने स्थानमा लगाउनु धेरै राम्रो मानिन्छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x