बाबा साहेब डा.भीमराउ अम्बेडकर पार्क उदघाटन
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र पार्टीका तर्फबाट मुख्यमन्त्री मा.सतिश सिंह र मन्त्री मा.त्रिभुवन साहले हिजो सिरहामा बाबा साहेब डा.भीमराउ अम्बेडकर पार्क शिलान्याश गर्नुभएको छ ।
हिजोदेखि नै दलित र सीमान्तकृत विरोधी जमातको निन्द चयन हराएको छ । यहाँसम्म कि मध्यरातसम्म पनि राष्ट्रिय सभाका पूर्वसदस्यदेखि दलितलाई धार्मिक जगमा प्रवेश निषेध गर्ने र दलितको उठिबास लगाउनमा सघाउनेहरु पनि चर्को विरोधमा उत्रिएका छन् । त्यही राजा सल्हेशलाई दलितको राजा भनेर हिजोसम्म हेला गर्ने गएरातिदेखि हितैसी भएका छन् ।
उहाँहरुलाई भन्नु केही छैन तर उहाँहरुको गतिविधिलाई सम्झेर राख्नु पर्छ ।
अम्बेडकर पार्क सम्बन्धमा केही स्पष्ट जानकारी :
१) अम्बेडकर पार्क सल्हेश फुलबारीको जग्गामा निर्माण हुन लागेको होइन । यो जग्गा अलग हो ।
२) यसले फुलबारीलाई असर पार्ने होइन । त्यहाँ १२ औं महिना घुमफिर गर्न र आन्तरिक तथा बाहिर्य पर्यटक भित्रियाउन मदत गर्नेछ ।
३) मधेश प्रदेशमा दलितको भोट अरु पार्टीले ठगे जस्तो जनमतले ठगेको होइन । दलितका आधुनिक युगका मसिहा अम्बेडकरको पार्क निर्माण गरी सम्पूर्ण विद्धवान र दलितको सम्मान गरिएको हो ।



