६ बैशाख २०८३, आईतवार

बिआरआई मार्फत कुनै ऋण लिनु हुदैन – पुर्ब परराष्ट्रमन्त्री द्वय

एसीपी संवाददाता

९ पुष २०७९, शनिबार ०८:३० मा प्रकाशित

काठमाडाैँ – नेपालका दुई पुर्व परराष्ट्रमन्त्रीहरूले नेपालले बिआरआई मार्फत कुनै ऋण लिनु नहुने बताएका छ्न।

नेकपा एमालेका उपमहासचिव तथा पुर्ब परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका प्रवक्ता एवम पुर्वपरराष्ट्र मन्त्री प्रकाश महतले आज शुक्रबार ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै सो धारणा राखेका हुन।

पुर्वपरराष्ट्र मन्त्री ज्ञवालीले ‘बिआरआई’काे वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नै नभएकाे खुलासा समेत गरेका छ्न। ‘बिआरआई’ले ‘नेपाललाई ऋणको पासोमा पार्ने’ आशंका भैरहेकै बेलामा उनले सो खुलासा गरेका हुन। बिआरआईको वित्तीय वयवस्थापनबारे छलफल सुरु नहुँदा शंका उत्त्तपन्न भएको ज्ञवालीले इङित गरेका हुन।

ज्ञवालीले भने,’हामीले भर्खर ९ वटा प्रथमिकताका क्षेत्र टुङ्ग्याएका छौँ। चीनसँग उक्त क्षेत्रलाई कसरी अघि बढाउने भन्ने वित्तीय पक्षको विषयमा कुनै छलफल सुरु भएको छैन। हाम्रो प्रथमिकता अनुदानबाटै काम बढाउने हो। तर ऋण लिनु पर्दा पनि नेपालको हित हुने र सहज हुने किसिमले छलफल गर्नुपर्छ।’

त्यस्तै, पुर्वपरराष्ट्र मन्त्री महतले पनि ज्ञवालीको धारणामा सहमति जनाउदै नेपालले बिआरआईको लागि ऋण लिनुनहुने बताएका छ्न। उनले नेपालमा बिआरआई योजना संचालनका लागि चीन सरकारले अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x