बैतडीकी १७ वर्षिया किशोरी भगिरथीको हत्यारालाई कार्यवाहीको माङ
राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षिया किशोरी भगिरथी भट्टको बलात्कार गरि हत्यामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ ।
शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले सरकारले घटनाको छानविनका लागि चालेका कदम सराहनिय रहेको बताउँदै पिडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको छ। आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ। उक्त घटना घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको आयोगकी प्रवक्ता शान्ता अधिकारीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसा न्यूनिकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिनुभयो ।
बैतडी दोगडाकेदार ७ की भगिरथी भट्टको गत माघ २१ गते बलात्कार पछि हत्या भएको थियो। स्कुल गएकी भट्ट माघ २१ गते दिउसोबाट हराएकी थिइन्। उनको सव भने २२ गते मृत अवस्थामा फेला परेको थियो। त्यसपछि २९ गते आएको पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको पुष्टि भएको थियो। प्रहरीले उक्त घटनामा अनुसन्धान जारी रहेका जनाएको छ ।


