१२ मंसिर २०८०, मंगलवार

भुजेलको हत्यामा संलग्नलाई जिप्रका मकवानपुरले गर्‍यो सार्वजनिक

एसीपी संवाददाता

२१ माघ २०७६, मंगलवार ०८:०९ मा प्रकाशित

माघ २१ गते एजेन्सी । हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न रहेका पाँचजनालाई सार्वजनिक गरेको हो ।
माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x