१२ कार्तिक २०८३, बुधबार

भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

एसीपी संवाददाता

४ मंसिर २०७८, शनिबार ०१:१० मा प्रकाशित

४ गते मंसिर २०७८ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका हुन् । बर्खास्त भएका रायले भने मुख्यमन्त्री राउतको यो निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री राउतको उक्त निर्णय पार्टीको हित विपरीत रहेको भन्दै उनले यो विषयमा आफूले पार्टीमा कुरा उठाउने बताए । पार्टी तथा संसद्को बैठक बस्दा म मुख्यमन्त्रीजीलाई सोध्छु– मुख्यमन्त्रीज्यू, तपाईंले मलाई के कति कारणले मन्त्री पदबाट मुक्त गर्नुभयो ? मलाई त्यसको जवाफ चाहियो ।’


प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

​मुख्यमन्त्री राउतलाई सो पदमा बस्न नैतिकताले नदिने पनि उनले बताए । भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई सहयोग पुर्‍याउन मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । आफूलाई पार्टीले मन्त्रीमा सिफारिस गरेका कारण पार्टीले नै फिर्ता बोलाउने निर्णय गर्नुपर्ने वा पदबाट राजीनामा दिन निर्देशन दिनुपर्नेमा पार्टीले हालसम्म त्यस्तो कुनै निर्देशन नदिएको बताउँदै उनले मुख्यमन्त्री राउतबाटै पार्टीको हित विपरीत काम भएको दाबी गरे ।

प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री यादवलाई मुख्यमन्त्री राउतले पटक पटक राजीनामा दिन आग्रह गर्दा अटेर गरेका कारण उनलाई हटाइएको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी गराउन मन्त्री यादवलाई राजीनामा दिएर सहयोग गर्न पटक पटक आग्रह गरिएको तर उनले राजीनामा नदिएपछि पदमुक्त गर्नु परेको मन्त्री साहले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x