३ भाद्र २०७९, शुक्रबार

मन्त्री अथक र ( ICC ) का पदाधिकारीबिच भेटवार्ता नेपाली क्रिकेटको विकासका विषयमा छलफल

एसीपी संवाददाता

१२ असार २०७९, आईतवार १६:४७ मा प्रकाशित

काठमाण्डौं  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट
काउन्सील (क्ष्ऋऋ) का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ । शनिबारत्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक रआईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो । 
भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा
आईसीसीले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । “आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भुमिका प्रशंसनिय छ,
आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं ।” मन्त्री अथकले
भन्नुभयो ।
उहाँले नेपालमा क्रिकेट प्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै
सम्भावना समेत बढेको उल्लेख गर्नुभयो । विगत भन्दा नेपाली
खेलाडीहरुको अवस्था सुध्रीएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र
खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिवन्ध फुकुवा गरेकोमा
मन्त्री अथकले खुसी समेत ब्यक्त गर्नुभएको थियो ।
भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा
क्रिकेटको धेरै ठुलो सम्भावना रहेको बताउनुभयो । आफुले विगतदेखी
नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै क्वाजाले
पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासकालागि प्रयासहरु
भईरहेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले नेपाली क्रिकेटको
विकासकालागि ठुला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण
सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
आइसीसीले समेत नेपालमा ठुला खालमा प्रतियोगिता संचालनकालागि आवश्यक
पहल गरीरहेको क्वाजाको भनाई थियो ।
भेटवार्तामा आइसीसीका जेनेरल म्यानेजर विलियम्स ग्लानराइट, वित्त तथा
सञ्चालन अधिकृत नितेशा कोठारी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का
उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ ( क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगाएत सहभागी रहेको मन्त्रीका निजि सचिव दिलिप सोनिले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x