३१ जेष्ठ २०८३, आईतवार
भारतबाट लुसुक्क नेपाल छिर्न खोज्दै गरेका बङ्गलादेशी नागरिक पक्राउ
भारतबाट लुसुक्क नेपाल छिर्न खोज्दै गरेका बङ्गलादेशी नागरिक झापामा पक्राउ
झापा । भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बङ्गलादेशका ३३ वर्षीय एमडी सैफुल इस्लाम रहेका छन्। उनलाई मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इस्लाम भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयासमा रहेका बेला पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।नेपालखबर
Subscribe
Login
0 Comments



