महिला क्रीकेट बिश्वकपमा अस्ट्रेलियाको बर्चस्वलाई भारतिय टिमले लगायो ब्रेक
आईसीसी महिला एकदिवसीय विश्वकप २०२५ को दोस्रो सेमिफाइनल भारत र अष्ट्रेलियाबीच भएको खेलमा अपराजित अस्ट्रेलियाको यात्रा ब्रेक भएको छ ।
भारतीय टोलीले अष्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्दै इतिहास रचेको थियो। भारतको यो जितको स्टार जेमिमा रोड्रिग्स थिइन्, जसले १२७ रनको अविजित इनिङ खेलिन् र भारतलाई जिताइन ।
अस्ट्रेलियाका तर्फ बाट जेमिमाको ऐतिहासिक शतक, पुरुष क्रिकेटमा पनि पहिले कहिल्यै नदेखिएको; रेकर्ड बनेको छ ।
भारतले अब नोभेम्बर २ मा नवी मुम्बईमा फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
अष्ट्रेलियाली कप्तान एलिसा हेलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे। पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ३३८ रनको विशाल योगफल तयार पारेको थियो । लगभग यो खेल पनि अस्ट्रेलियाले जितेको को नै भन्ने अनुमान गरिएको थियोे ।
भारतले यो लक्ष्य ४८.३ ओभरमा पाँच विकेट गुमाएर हासिल गर्यो। जेमिमाहसँगै अमनजोत कौरले ८ बलमा १५ रन बनाएर अविजित रहे।
महिला वनडे विश्व कप चैंपियनसीप इतिहास 🏆
1973: इंग्लैंड
1978: ऑस्ट्रेलिया
1982: ऑस्ट्रेलिया
1988: ऑस्ट्रेलिया
1993: इंग्लैंड
1997: ऑस्ट्रेलिया
2000: न्यूज़ीलैंड
2005: ऑस्ट्रेलिया
2009: इंग्लैंड
2013: ऑस्ट्रेलिया
2017: इंग्लैंड
2022: ऑस्ट्रेलिया
𝟮𝟬𝟮𝟱: 𝗦𝗼𝘂𝘁𝗵 𝗔𝗳𝗿𝗶𝗰𝗮 𝗼𝗿 𝗜𝗻𝗱𝗶𝗮 🇿🇦



