१२ कार्तिक २०८३, बुधबार
राप्तीसोनारी–७ का चार गाउँमा कालोपत्रे सडक निर्माण सम्पन्न
अरबिन्द कुमार यादव/बाँके — राप्तीसोनारी गाउँपालिका–७ का गेन्दवा, भरथा, फत्तेपुर र पिप्रहवा गाउँसम्म पुग्ने कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। सडक निर्माण पूरा भएसँगै स्थानीयवासीको आवागमन सहज हुनुका साथै ग्रामीण पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष रामलखन थारुको नेतृत्वमा सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको हो। कालोपत्रे सडकले स्थानीयको दैनिक आवतजावत, कृषि उपज ढुवानी तथा बजारसम्मको पहुँच सहज बनाउने विश्वास गरिएको छ।
ग्रामीण बस्तीलाई सहज यातायातसँग जोड्ने यो कामले स्थानीय विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Subscribe
Login
0 Comments


