१२ कार्तिक २०८३, बुधबार

रेशम चौधरीको विज्ञप्ति, जेलमा रहे पनि म सांसद हुँ, मेरो मर्यादा मलाई थाहा छ

एसीपी संवाददाता

१२ चैत्र २०७७, बिहीबार १३:२८ मा प्रकाशित

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलबाटै विज्ञप्ति निकालेका छन्। उनले केही मिडिया र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित अभिव्यक्ति सार्वजनिक गरेको भन्दै ध्यानार्षण जनाएका छन्।

उनले आफू जेलमा रहेपनि सांसद भएको र आफूलाई सांसदको मर्यादा थाहा भएको उल्लेख गरेका छन्। ‘ जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ, म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दैनँ,’ उनले भनेका छन्।

केही दिनअघि उनको नामबाट केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने अभिव्यक्ति सार्वजनिक भएको थियो। उक्त अभिव्यक्ति जसपाकै विद्यार्थी नेताहरुले सार्वजनिक गरेको बताइएको छ।

हेर्नुस् उनले जारी गरेको विज्ञप्ति।

म जेलमा छु। जेलमा रहेको व्यक्तिको बारेमा बाहिर जथाभाबी भ्रामक र कपोल्पित कुराहरु ल्याउनु विल्कुलै गलत हो।

बाहिर केही मिडियाहरुले गरेको गलत प्रचारप्रति मेरो ध्यान आकृष्ट भएको छ। जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ, म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दैनँ।

पार्टीको विधि, पद्धति प्रक्रियाअनुसार अध्यक्ष महन्थ ठाकुरले काम गरी नै रहनुभएको छ। मेरो दलको अन्य नेताले मप्रति देखाएको सदासेयताप्रति म खुसी छु। सरकारमा सहभागी हुने, नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन, त्यो पार्टीको निर्णय होला।

पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुराको कल्पनासमेत गर्न सकिँदैन। क्रिपया जथाभाबी, कपोल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखि नबनाइदिनुहोला। थारुवानखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x