विभिन्न पार्टी त्यागेर राप्तीसोनारी गा.पा.का ९३ जना कांग्रेसमा प्रवेश

असोज १२ – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ माथेबासमा सोमबार ९३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस राप्तीसोनारी वडा नम्वर २ समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९३ जना नेपाली कांगे्रसमा प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस बाँकेका उप-सभापति फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री लगायतले नव प्रवेशीलाई सदस्यता प्रदान गरि स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अथिती थारुले नेपाली काङ्ग्रेसको नीति, विचार र सिद्धान्तलाई मन पराएर पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको बताए । उनले नेकपाको दुई तिहाई बहुमतको सरकार असफल भएको भन्दै यो सरकार भ्रष्टचार र आर्थिक अनियमितमा डुबेको बताए ।
यो पनि पढनुस् / सत्याग्रहमा रहेका डा.गोविन्द केसीको अवस्था गम्भीर
पाकिस्तानी सरकारले किन्ने भयो भारतीय कलाकार राज कपुर,दिलिप कुमारको घर
नाम्खामा चीनद्वारा सीमा मिचिएको वास्तविकता सार्बजनिक गर्न माँग
कार्यक्रममा बोल्दै विशिष्ट अथिति समेत रहेका जिल्ला सचिव पौडेलले नेकपा सरकारले जनतालाई आश्रसन पूरा नगरेको बताउदै नेकपाको सरकारबाट जनतालाई न्याय नहुने धारणा राखे । त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति एवम क्षेत्रिय सभापति खत्रीले नेपाली काङ्ग्रेसको नीति तथा सिद्धान्त र प्रतिवद्धताप्रति जनता आकर्षण हुन अहिले नागरिकको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस नै भएको बताए ।

नेपाली कांग्रेस राप्तीसोनारीका सभापति भिमबहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराई, संगिता चौधरी, क्षेत्रीय सचिव डिल्ली गिरी ,जिल्ला सदस्य पवन शाह लगायत जिल्ला, क्षेत्र र स्थानीय नेता कार्यकताको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेस राप्तीसोनारीका सचिव तुलाराम खत्रीले सञ्चालन गरेका थिए ।



