१२ कार्तिक २०८३, बुधबार

व्यवसायीहरुको सम्पूर्ण समस्याहरु समाधान गर्न नसकेको स्वीकार

एसीपी संवाददाता

६ चैत्र २०७७, शुक्रबार ००:४४ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पर्यटकहरुलाई लक्षित गरेर गुणस्तरीय, सुविधासम्पन्न यात्रुवाहक बस संचालन गर्न आग्रह गनुभएको छ ।

बिहीबार बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको प्रथम अधिवेसन २०७७ को सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अब चाडै नै गौतम बुद्ध इन्टरनेशनल एयरपोर्ट संचालनमा आउन लागेको भन्दै व्यवसायीहरुलार्ई पर्यटकहरुलाई लक्षित गरेर सुविधासम्पन्न विद्युतीय बस संचालन गर्न आग्रह गर्नुभएको हो । मन्त्री चौधरीले कोरोना महामारीका कारण सबै क्षेत्रहरु थला परेको स्मरण गर्दै बस व्यवसायीहरु पनि मर्काको परेको बताउनुभयो । चौधरीले सरकारले बस व्यवसायीहरुको सम्पूर्ण समस्याहरु समाधान गर्न नसकेको स्वीकार गर्दै प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेर गर्न सक्ने समस्याहरु समाधान गर्न प्रदेश सरकार तयार रहेको समेत जानकारी दिनुभयो ।

लुम्बिनी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री

कार्यक्रममा यातायात व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष पुष्पा श्रेष्ठले सरकारले यातायात व्यवसायीका समस्या समाधान गर्नुको साटो अपराधीलाई जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x