१३ कार्तिक २०८३, बिहीबार

सिमानाका बन्द भएको एक बर्षमा् पनि नाका पुर्णरूपमा नखुल्नुको कारण ?

एसीपी संवाददाता

१० फाल्गुन २०७७, सोमबार १२:०८ मा प्रकाशित

चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

‘माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको छ, आज ८ वटा कन्टेनर आउँदैछन्,’ खत्रीले भने । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताए ।

नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सकिने भन्सार प्रमुख खत्रीको भनाइ छ । नाका भएर माल वस्तु आयातका काम ढुक्क भएर गर्न चिनियाँले पक्षले आग्रह गरेको भन्दै उनलेे नेपाली व्यवसायीलाई पुनः व्यापार सुरु गर्न आग्रह गरे ।साभार अनलाइनखबर बाट

यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।

अब खुल्दा नाकाबाट हुने ब्यापार कस्तो हुन्छ भन्ने विषयमा पनि चिनियाँहरुले कुनै जानकारी नगराएको उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x