१२ कार्तिक २०८३, बुधबार

अफगानिस्तानमा बम विष्फोट

एसीपी संवाददाता

५ चैत्र २०७७, बिहीबार १५:०७ मा प्रकाशित

काठमाडौं, । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ ।

उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा आज बम विष्फोट गराइएको हो ।

काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।

रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।

घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन ।

तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ । (एजेन्सी)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x