८ आश्विन २०८३, बिहीबार

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

एसीपी संवाददाता

१० चैत्र २०७९, शुक्रबार १२:५७ मा प्रकाशित

कपिलवस्तु, चैत्र १०

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी ले मुस्लिम समुदायका लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l

अल्कूफीले बताए एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४४ हो भने रमजानको नवौँ महिना हो ।

मौलाना मशहूद खां रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शांति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त हुने बताए l राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा संघका सल्लाहकार जहिर अहमद बरेलवीले, अब्दुल नूरले समेत रमजानको शुभकामना व्यक्त गरेका छन् l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x