१२ कार्तिक २०८३, बुधबार

ओलीलाई संकटकाल लगाएर देखाउन चुनौती

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार ०१:५२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकटकाल लगाएर देखाउन चुनौती दिनुभएको छ ।

नेकपा प्रचण्ड–माधव निकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि  प्रधानमन्त्री ओलीलाई संकटकाल लगाएर देखाउन चुनौती दिनुभएको हो । उहाले प्रधानमन्त्री ओलीलाई एकमिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताउदै सम्पूर्ण रुपमा पतभतन भएपछि मात्रै राजीनामा दिने होकी भन्दै प्रश्न गर्नुभयो ।

सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै अध्यक्ष प्रचण्डले छिट्टै अर्को सेटिङ भत्किने दाबी गर्नुभयो । उहाले केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने जिकिर गर्नुभयो । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले मृत अवस्थामा पुगेको संविधानलाई सर्वोच्चले जीवित बनाएको बताउनुभयो । उहाले जालसाझी गर्ने प्रधानमन्त्रीको भ्रममा नपर्न आग्रह गर्दै नेपालले पार्टीको साधारण सदस्य समेत नरहेको मानिसले सचेतकलाई कारबाही गर्नु हासोको पात्र मात्रै भएको बताउनुभयो । अध्यक्ष नेपालले कुनै एक व्यक्तिको सनकमा देश चल्न नसक्ने उल्लेख गर्दै आफुहरुको लडाई विधि र विचारको भएको बताउनुभयो ।

उहाले नेपाल कम्युनिष्ट पार्टी नेकपा आफुहरुनै भएकाले निर्वाचन आयोगले आफुहरुलाई नै बैधानिकता दिने जिकिर गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x