१२ कार्तिक २०८३, बुधबार

ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार

एसीपी संवाददाता

६ चैत्र २०७७, शुक्रबार ००:३८ मा प्रकाशित

नेकपा (एमाले)को झलनाथ खनाल–माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ ।  ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । 

भेलाले संसद् पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा भट्टराईले देशभर संगठनात्मक अभियान चलाउने निर्णय भएको पनि जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनमा लागेको भए पनि आफूहरुले अन्तिमसम्म एकता बचाईराख्न प्रयास गर्ने जानकारी उहाले दिनुभयो । आफूहरु ओलीले बोलाएको चैत ७ को बैठकमा नजाने भन्दै उहाले बैठकमा सहभागिताका लागि फागुन २३ गतेपछिका निर्णय सच्‍याउनुपर्ने र जेठ २ गते अगाडि फर्कनुपर्ने सर्त रहेको पनि बताउनुभयो ।

भेलाले ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ । भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x