कपिलवस्तुमा कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सम्पन्न
अरमान खान । कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सम्पन्न भएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप अभियान जारी रहेको छ ।
पहिलो र दोस्रो चरणको खोप अभियान अन्र्तगत अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी गरी ६ हजारले खोप लगाएको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।
खोप लगाएका अधिकाँश मध्ये केहीलाइ मात्र सामान्य रिंगटा, ज्वरो आउने, थकान महसुस हुने बाहेक अन्य कसैलाइ केही नभएकाले ढुक्कसँग खोप लगाउन अस्पतालका मेडिकल सुपरिटेन्डेन किशोर बन्जाडेले बताउनुभयो ।
आगामी फागुन २३ गतेबाट तेस्रो चरणको अभियान शुरु हुने स्वास्थ्यका अधिकारीले जनाएका छन् । आज आइतबार भारतबाट १० लाख खोप भारतिय एयरलाइन्स मार्फत दिउसो १ बजे नेपाल् आई पुग्ने जनाएका छ्न ।


