१२ कार्तिक २०८३, बुधबार

कम्युनिष्टको अत्याचार देशमा बढ्यो भ्रष्टाचार – नेविसंघ नेता के.सि.

एसीपी संवाददाता

१४ फाल्गुन २०७७, शुक्रबार ०३:५० मा प्रकाशित

भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या हो । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा देशकै अर्थतन्त्रलाई धराशयी बनाउँछ ।

भ्रष्टाचार नियन्त्रणमा नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको तथा सार्वजनिक तथा निजी क्षेत्रमा भ्रष्टाचार र अधिकार दुरुपयोग यथावत् रहेको सूचनामा नागरिकको पहुँच नपुगेको, राज्य सञ्चालनमा नेकपाको पकड रहेको छ । भ्रष्टाचार नियन्त्रणमा राजनीतिक क्षेत्र गम्भीर नहुनुलगायतका समस्या देखा परेका छन्।

नेपाल कम्युनिष्ट पार्टीले सत्ता चलाएको दिन देखि नै भ्रष्टाचारले तिब्र गति लिएको नेपाल विद्यार्थी संघ बैतडीका जिल्ला अध्यक्ष कपिल केसी बताएका छन् ।
नेपालमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयनका लागि गरिएका व्यवस्थालगायत विद्यमान ऐन कानुनहमा समेत महासन्धिका सम्पूर्ण प्रावधानलाई लागू गर्नबाट नेपाल कम्युनिष्ट पार्टीको दुइ तिहाइको सरकार चुकेको नेविसंघ जिल्ला अध्यक्ष केसिले बताउनुभयो छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x