१२ कार्तिक २०८३, बुधबार

कम्युनिस्ट सरकार विरुद्ध बोल्न पाईदैन भन्दै अलिबाबा माथि संकट

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार ०१:११ मा प्रकाशित

चिनियाँ ई–कमर्स कम्पनी अलिबाबामाथि चीनले करिब एक अर्ब डलरबराबरको जरिबानाको तयारी गरेको छ । अमेरिकी समाचार संस्था वाल स्ट्रिट जर्नलले स्रोतलाई उद्धृत गर्दै अस्वस्थ प्रतिस्पर्धाको आरोपमा कम्पनीलाई जरिबानाको तयारी गरिएको उल्लेख गरेको छ ।

समाचार एजेन्सी एएफपीले यस बारेमा चीनको एकाधिकारविरोधी नियामक संस्थासँग राखेको जिज्ञासामा भने कुनै प्रतिक्रिया दिइएको छैन । त्यस्तै अलिबाबाले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । पछिल्लो समय चीनको सबैभन्दा ठूलो अनलाइन ई–कमर्स कम्पनीमाथि सरकारले निगरानी बढाएको छ । यसअघि गत अक्टोबरमा कम्पनीका संस्थापक ज्याक माले नियामकविरुद्ध दिएको अभिव्यक्तिपछि सरकारले कम्पनीलाई लक्षित गरी विभिन्न नियम पनि ल्याएको छ ।

गत डिसेम्बरमा चीनको स्टेट एड्मिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले अलिबाबामाथि अनुसन्धान सुरु गरिएको बताएको थियो । यसअघि चीनले अलिबाबाको इन्टरनेट वित्त कम्पनी एन्ट ग्रुपको ३७ अर्ब डलरको साधारण शेयर रोक्ने निर्णय गरेको थियो ।

-एजेन्सीहरुको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x