६ बैशाख २०८१, बिहीबार

कहाँ छ्न उपेन्द्र एमाले गठबन्धनमा ?

एसीपी संवाददाता

२ पुष २०७९, शनिबार ०५:२४ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनमा रहेर सरकामासमेत सामेल बनेको जनता समाजवादी पार्टी जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए । उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति भएकाले निर्वाचन सकिएसँगै तालमेल सकिएकोसमेत उल्लेख गरेका थिए ।

आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार ।

उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत कतिपयको आंकलन थियो ।

तर, जसपाकै अर्का नेता राजेन्द्र श्रेष्ठले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो । पार्टीभित्र रहेका विभिन्न धारहरू देखिएको विश्लेषण भइरहेका छन् ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ । योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ ।

एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन् । सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको देखिन्छ ।

जसपा अहिले पनि एमालेकै गठबन्धनमा हो ? भन्ने प्रश्नमा जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन् । पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए ।

‘हामी अहिले कुनै गठबन्धनमा छैनौं । सहकार्यका लागि सबै बाटाहरू खुला छन् ।  तर, हामीले माग गरेका विषय र पार्टीका एजेण्डा जसले पूरा गर्न सघाउँछन् । हामी त्यता जान्छौं’, उनले भने ।

उनले नेताहरूबीच निरन्तर भेटघाट छलफल चलिरहे पनि ठोस रूपमा कसैसँग सहमति नभएको बताए । प्रवक्ता सुमनले पार्टीभित्र कुनै फरक धार नभएको समेत दाबी गरे ।  पार्टीभित्र नेताहरू एकमत रहेको पनि दाबी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x