काग्रेसको व्राणड भनेको चार तारा र रुख हो
ओम आचार्य
नेपाली काग्रेस भित्र इतर समुह भनेर चिनिएका पुर्ण बाहादुर खड्का समुहबाट अब पाटी ९९ प्रतिशत फुटको डिलमा रहेको वताउदै आएका छन ! र यो समुहले साउनमा गर्ने भनिएको विशेष भेलाबाट पाटीको नाम र चुनाव चिन्ह घोषणा गर्ने भन्दै छ! यसो भनिरहदा इतर समुहबाट घोषणा हुने पाटीको नेतृत्व लिन अहिले सम्म कसैको नाम आएको छैन ! यो समुहले घोषण गर्ने पाटीको नेतृत्व बाहिर चर्चा चले जस्तो डा. शशांक कोइराल या डा. शेखर कोइरालाइ नेतृत्व स्विकार्न आग्रह गरिने हुन सक्छ !
देउवा निकट रहेको यो समुह देउवाकै अति विस्वास पात्र भने नेतृत्व लिन अगाडी आएको देखिएका छैन ! यो भन्दा पुर्व देउवाले पाटी फुटाएर पाटी फुट्दाको पिडादायी अनुभव र पाटी मुलधारबाट फुटेको पाटीलाइ संचालन गर्दा भएको पिडा र सकस सायद विर्सेका छैन ! यही कारणबाट त्यो पिडा र सकस पुन लिन नचाहेका हुन र पुन त्यही समुहको नेतृत्वमा पाटी अलग भएको घोषणा गर्न र त्यस्को दोष बोक्न तयार छैन ?
डा. शशांक या डा. खेखर लाइ यो समुहले नेतृत्व दिदा दुरगामी लाभ र प्रभाव हेरेका छन! त्यो समुहबाट काग्रेस ब्रान्ड हामी संग छ भनेर कोइरालालाइ अघि सारेको हुन सक्छ !
अहिले वि पी कोइरालाका पुत्र डा. शशांक कोइराला महेन्द्र नारायण निधी पुत्र विमलेन्द्र निधी ,गणेशमान सिंह पुत्र प्रकाशमान सिंह , कृष्ण प्रसाद भट्टराइका अनुनायी पुर्ण बाहादुर खड्का र गिरिजा प्र कोइराला संग डा शेखर कोइराला लाई जोड्दै हामी संग काग्रेसको व्राण्ड छ भनेर इतर समुहले भन्ने गरेका छन !
उनिहरुले भने जस्तो माथि उल्लेख गरिएका नेताहरु काग्रेसको इतिहास वनाउन जेल नेल भोगेका नेताहरु हुन !उनिहरुक्कै नेतृत्वमा काग्रेस काग्रेस बनेको हो ! उनिहरुको नाम काग्रेसको लागी अति उच्च र सम्मान योग्य उदाहर्णिय मात्रै हैन धारर्णिय पनि छ !
तर इतर समुहले भने जस्तो यि नामहरु काग्रेसको ब्राण्ड चै होइनन! काग्रेसको व्राण्ड भनेको चार तारा र रुख हो ! अहिले नेपाली ले चिन्ने व्राणड भनेकै यही हो ! जस्तो की कम्युनिष्टको ब्राण्ड भनेको हसिया हथौडा हो ! जस्तो एडिडस , पुमा नाइक यस्तै यस्तै धेरै ब्राण्ड छन ! व्रण्डको वनाउने मुल पात्र भन्दा व्राण्ड नै लोकप्रिय जनजिव्रो आउछ !आखिर व्राण्ड भनेको व्रण्ड नै हो !
डा. शेखर कोइराला नेतृत्व लिन तयार छन?
डाशेखर कोइरालाले विशेष अधिवेशन पछी इतर समुहको यौटा समुहको नेतृत्व गर्दै आएका छन !र उन्ले सकेसम्म काग्रेस फुट्न नदिने प्रयासमा छन ! काग्रेस मिलाउने प्रयासमा यिन्ले यौटा (सक्तिशाली विशेष संयन्त्र )वनाउ यसैमा सहमति गरौ र अहिले सम्म उठाएका सबैकुरा सहमती भए छोड्ने ! यो पनि सभापती गगन थापाले स्विकारिरहेका छैनन!
अहिले पुर्ण बाहादुर खडका इतर समुहले राष्ट्रिय भेला को कुरा गर्दै त्यहीबाट पाटीको नाम र झण्डाको घोषण हुने छ भनेका छन ! पुर्ण बाहादुर खड्का समुहले ४४औं वि पी स्मृती दिवस प्रज्ञा भवन कमलीदीमा आयोजना गर्ने वताइ सकेको हुदा काग्रेस अहिले संवेदनशिल मोडमा पुगेको देखिन्छ !
कथंमकदाचित काग्रेस फुटे के डा. शेखरले नेतृत्व लिन्छन त ? उन्को अहिले सम्मको गतिविधी र उन्को स्टाटस हेर्दा नेतृत्व लिन इच्छुक देखिन्दैन ! काग्रेसमा कोइराला विराशतको इतिहास छ! काग्रेस भन्ने वित्तिकै वि पीको स्मरण आउनु स्वभाविक हो ! यस्तो काग्रेसको मुलधार बाट फुटेको काग्रेसको नेतृत्व गर्न डा. शेखर तयार नहुन सक्छन त ?
अर्को कुरा देउवा सभापति रहेको केन्द्रिय समीतिले विशेष अधिवेशनको स्वामित्व लिनु पर्छ भन्दै गरेका डा. शेखर वर्तमान काग्रेसलाइ स्विकारे पनि उन्को भाष्यले नै जान रोक्न सक्छ ? यस्तो अवस्थामा
डा. शेखर फुटेको काग्रेसमा पनि नजाने र सस्थापनले पनि नलिने अवस्थामा शृर्जना भयो भने डा. शेखरले के गर्छन त?यो समय राजनीति गर्ने व्याक्तिकोलागी अत्यन्त कष्टकर त हुन्छ नै तर यही समय यिन्ले मध्यस्थताकै भुमिकामा रहदै राजनीतिमा सकृय रहदा दुरगामी लाभ चै डा. शेखरले पाउने छन काग्रेस भित्र आफ्नो पहिचानको भारी व्यक्तित्व निर्माण गर्ने छन!
गगन अव के गर्छन!
सभापती गगन काग्रेसको व्राण्ड अरु चम्किले वनाछन कि खुल्याउछन ! यो अहिले इतर समुह मात्र हैन आम जनमानसमा यो कुरा सार्वजनिक सरोकार को विसय बनेको छ रुची पुर्ण छ ! अहिले इतर समुह मा धेरै सिनियर नेताहरुको उपस्थिती छ र यस्को जिल्ला जिल्लामा पनि दरो पकड बुजिएको छ !गगन ले अहिले इतर समुहबाट डा. शेखरले राखेको प्रस्ताव ( विशेष संयन्त्र)मा सहमती जनाउनु बुध्दीमानी र विवेक पुर्ण मानिन सक्छ । गगनले यसो गरेपाटी फुट्नबाट मात्रै जोगिने हैन की विशेष अधिवेशनवाट आएको सभापति लगायत कार्य समीतिको गरिमा पनि अझ बढ्ंछ र काग्रेसको व्राण्ड अरु चम्किलो हुदै जान्छ! देशको वर्तमान राजनीतिक अवस्था पनि धमिलो हुदै गणतन्त्रमा समेत जोखिम देखिन्दै छ ! अहिले देसलाइ काग्रेसको आवस्यक्ता छ र त्यो आवस्यक्ता काग्रेस एक हुदा मात्र पुरा हुन सकछ ! गगन थापाले यो कुरा पक्कै नबुजेका छैनन!


