किसानलाई सिचाई गर्ने मसिन र पाईप सहयोग
बाँके – पानीको भरपर्दो स्रोत र अप्रत्याशित मौसमका कारण किसानहरूले पर्याप्त खाद्यान्न उत्पादन गर्न संघर्ष गरिरहेका छन्। सिँचाइ परियोजनाले एक दिगो सिँचाइ प्रणाली निर्माण गरेर यसलाई परिवर्तन गर्ने लक्ष्य राखेको छ जसले लगातार पानी आपूर्ति प्रदान गर्दछ, किसानहरूलाई उनीहरूको जमिन वर्षभर खेती गर्न मद्दत गर्ने भन्सै नेपाल बिकास समाज काठमाडौंले बाकेका केहि किसानहरुलाई सहयोग प्रदान गरेको छ । समाजले आउने दिनहरुमा थप सहयोग प्रदान हुदै जाने बताईएको छ । शिक्षाको लागि बिधालयको चाहिने कक्षा कोठा र गरिबहरुको लागि आय आर्जन हुने खालको सहयोग गरिने बताएका हुन ।
सिँचाइ भनेको जीवनको रगत हो जसले हाम्रो खेतको विकास र हाम्रो समुदायको समृद्धिलाई पोषण दिन्छ । सिचाइ बिना किसानले खेती गर्नु भनेको दिवा सपना हो यसरी किसानलाई सहयोग नेपाल बिकास समाजले सहयोग शुरूवात गरेको छ ।



