गलवान घटना बारेमा एक बर्ष पछि खोल्यो चीनले मुख सैनिकको मृत्यु भएको पुष्टि
एजेन्सी । चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको बताएको छ । चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।
उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीयस सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको छ ।
उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृतयु भएको हो ।
एक जनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बतएको छ ।
नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेंट जनरल वाईके जोशीका अनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।
यस घटनामा अझ धेरै सैनिक मारिएको आशंका गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।इमेजखबर
यो भारतीय मिडीयोको रिर्पार्ट
https://news7express.com/%E0%A4%97%E0%A4%BE%E0%A4%B2%E0%A4%B5%E0%A4%A8-%E0%A4%9D%E0%A4%A1%E0%A4%AA-live-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BE-%E0%A4%95%E0%A5%87-15/


