२ श्रावण २०८३, शनिबार

गाडी दुर्घटनामा निर्वाचित गाउँपालिकाका उपाध्यक्षको मृत्यु

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार १२:१७ मा प्रकाशित

गाडी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ ।

सोमबार दिउँसो सुर्खेतदेखि नेपालगन्ज आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा  हुम्लास्थित सर्केगाड गाउँपालिकाका ३९ वर्षीय उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उपाध्यक्ष कार्की सवार उक्त फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । उपाध्यक्ष कार्कीको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x