२८ आश्विन २०८३, बुधबार

चिनियाँ लगानीमा दमकमा निर्माणाधीन पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने माग

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार १२:४९ मा प्रकाशित

चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।

संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गरेको छ ।

साथै प्रदेश न. १ को नामाकरण लिम्बुवान, खम्बुवान/किरात घोषणा गर्न माग गरेको छ । साथै शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत मञ्चले विज्ञप्ति मार्फत माग गरेको हो ।

आदिवासी जनजातिहरुको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जंगल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

यसैबीच संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने बताएको छ । पुर्वान्चल डेलिबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x