१३ कार्तिक २०८३, बिहीबार

चीनिया राजदुतको सक्रियताले तनावमा प्रधानमन्त्री ठुलो एक्सन लिने तयारी

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार ०३:०५ मा प्रकाशित

Uकाठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित अवस्थामा रहेका बेला चिनियाँ सक्रियता निरन्तर बढेको छ । आज मात्रै नारायणहिटीको पूर्वगेटमा वरिष्ठनेता बामदेव गौतम र चिनियाँ राजदुत होउ यान्छिबीच भेट भएको छ ।

सुरुदेखि नै चीनले प्रधानमन्त्री ओलीलाई गलाएर विभाजित समुह प्रचण्ड-नेपालसँग मिलाउन खोज्दै आएको छ । तर, प्रधानमन्त्री ओलीले भने नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप पस्न दिएका छैनन् ।

चिनियाँ रादुतले भेट्न खोज्दा समेत प्रधानमन्त्री ओलीले भने भेटेका छैनन् । यान्छीले प्रचण्ड-नेपालगायतका नेताहरुलाई भेटेर प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाउँन खोजिरहेको आशंका गरिएको छ ।

यसैबीच मा, प्रधानमन्त्री ओलीले केही दिनअघि आफु निकट नेताहरुसँग छलफल गर्दै चिनियाँ सक्रियताविरुद्ध कदम चाल्न सक्ने संकेत गरेका छन् । देशको विकराल राजनीतिक स्थितीलाई सुधारको बाटोतिर लैजान खोजिरहेका प्रधानमन्त्री ओलीविरद्ध चिनियाँ प्रपञ्च बढ्न थालेपछि बालुवाटारबाट कडा कदम चाल्नु पर्ने स्थिती सिर्जना भएको मानिएको छ ।

एकता अभियानमा लागेका नेता गौतमसँग आज चिनियाँ राजदुत यान्छीले गरेको भेटलाई समेत अर्थपूर्ण तरिकाले हेरिएको छ । यस्तोमा प्रधानमन्त्री ओलीले निरन्तरको चिनियाँ सक्रियताविरुद्ध कडा कदम चाल्नसक्ने अनुमान गरिएको छ ।नेपाल पाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x