१३ असार २०८३, शनिबार

चीन र अमेरिका बिच तनाव बढदै , साउथ चाइना सीमामा अमेरिकी सैन्य शक्ति परिचालन

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार ०८:०६ मा प्रकाशित

साउथ चाइना सीमा अमेरिकी सैन्य शक्ति परिचालन, चीनको टाउको दुखाइ
बेइजिङ । संयुक्त राज्य अमेरिकाको सत्ता परिवर्तन भए पनि चीन नीति भने उस्तै रहेको छ । ट्रम्प प्रशासनले पनि साउथ चाइना सीमा चिनियाँ हस्तक्षेपलाई अस्वीकार गरेको थियो भने बाइडेन प्रशासनले पनि त्यसलाई निरन्तरता दिएको छ ।

बाइडेन प्रशासनले साउथ चाइना सीमा सैन्य शक्ति परिचालन गर्ने भएको छ । बाइडेनको यो कदम चीनको टाउको दुखाइको विषय बनेको छ ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले साउथ चाइना सीमा अमेरिकी वायुसेना पठाउने अमेरिकी निर्णयको निन्दा गरेका छन् । साउथ चाइना सीको स्वतन्त्रताका लागि अमेरिकी सेना पठाउन लागिएको प्रतिक्रिया दिएको छ ।

चीन र दक्षिणपश्चिम एसियाली देशहरुबीच दक्षिण चीन सागरमा आ(आफ्नौ दाबी नै ‘साउथ चाइना सी’को विवादको मुख्य कारण हो । चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीरका गर्दै आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाएका छन् ।

अमेरिका ‘साउथ चाइना सी’लाई अन्तर्राष्ट्रिय जलक्षेत्र रहेको र चीनले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघीय नीति अनुसार स्वतन्त्र पारवाहन क्षेत्र रहेको ठान्दछ । राष्ट्रसंघीय कानुन अनुसार समुद्रको नियन्त्रण आफ्नो देशको समुद्री तटबाट ३ सय ७० किलोमिटर सम्मको भाग सोही देशको हुने व्यवस्था विपरीत चीनले आफ्नो दावी गरिरहेको अन्य देशको आरोप छ ।

उत्तरमा चीनदेखि दक्षिणमा इण्डोनेसियासम्म फैलिएको ‘साउथ चाइना सी’को क्षेत्रफल ३।६ मिलियन वर्ग किलोमिटर रहेको छ जुन भू–मध्य सागरभन्दा ठूलो तथा गहन रणनीतिक महत्व बोकेको क्षेत्र पनि हो । ‘साउथ चाइना सी’ मा भियतनाम लगायत देशहरुले १७ औं शताब्दीदेखि चीनले दाबी गरेको समुद्र आफ्नो रहेको नजिर पेश गरिरहेका छन् । त्यस्तै फिलिपिन्स ऐतिहासिक र सांस्कृतिक रुपमै चीनले दाबी गरेको क्षेत्र आफ्नो रहेकोमा कुनै बिबाद नरहेको ठान्दछ ।

सन् २०१२ मा चीनले ७ वटा समुद्रीद्वीपहरुको पुनर्निर्माण अभियान थालेपछि ‘साउथ चाइना सी’मा विवाद शुरु भएको हो । यो कदमपछि अमेरिकाले आफ्नो सैन्य शक्तिमाथि चीनले कमजोर बनाउन सक्ने र आफ्ना जलसैन्य तथा हवाई गतिविधिको निगरानी राख्नसक्ने भन्दै अमेरिकाले त्यस्को विरोध स्वरुप त्यो क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई नियमित बनाउन थालेको छ भने चीनको दाबीलाई अस्वीकार गरिरहेको छ ।

त्यसो त क्षेत्रीय देशहरुको प्रमुख सहयोगी अमेरिकासँग विभिन्न सन्धीहरु र दायित्व पनि रहेका छन् । संसारकै सबैभन्दा ठूलो सैन्य शक्ति रहेको अमेरिकाको ‘साउथ चाइना सी’मा ठूलो अभिरुची रहिआएको छ । एशियाको प्रमुख व्यापारिक जलमार्ग रहनु तथा चीनको आर्थिक विकाससंगै उसको सैन्य बलको बिस्तारले आफ्नो शक्ति र उपस्थितिलाई कमजोर तुल्याउनसक्ने भएकाले अमेरिका चीनसँग सशंकित छ । दशकौंदेखि अमेरिकाले ‘साउथ चाइना सी’को सुरक्षा र गस्तीमा आफ्नौ जलसैन्य परिचालन गर्दै आइरहेको छ ।

चीनले सन् १९४० को दशकको नक्साबाट विवादित समुद्र पनि आफ्नो जलक्षेत्र रहेको दाबी गर्दै आएको छ भने अन्य देशहरुले त्यो दाबीलाई अस्वीकार गरिरहेका छन् । चीनको दाबीको विरोध गर्दै फिलिपिन्सले दायर गरेको मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय अदालतले फिलिपिन्सको पक्षमा फैसला गरेपछि चीनले त्यसलाई अस्वीकार गरेको छ भने क्षेत्रीय देशहरुले अदालतको आदेश मान्न आग्रह गरिरहेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x