१३ कार्तिक २०८३, बिहीबार
जनमत पार्टी बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ मा प्रथम वडा अधिवेशन सम्पन्न
जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिकामा प्रथम वडा अधिवेशन वडा नंवर-१७मा गरेको छ, आजको भेलावाट फरिद अलि बेहनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ, अध्यक्ष-फरिद अलि बेहना,उपाध्यक्ष- खातून निशा शेष,कोषाध्यक्ष- साहरूक शेष(हवारी),सचिव- विनोद यादव, सदस्यद्वय- शेर बहादुर गुप्ता , सलिमुन निशा शेष, राज कुमारी सोनी, बेचन बडही, मोहम्मद रजा दर्जी, हलीम दर्जि तथा भगोले कनोजिया चयन भएका छन।आजको कार्यक्रम बेचन बडहीको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला अध्यक्ष रियाज अहमद शेष रहेका थिए, कार्यक्रममा अन्य नेताहरुमा जिल्ला सदस्य जाबिर हल्वाई, लगायतका नेताहरूको उपस्थिति रहेको थियो, पार्टी बाँकेले दिनप्रतिदिन बाँकेको सबै स्थानीय पालिकाहरुमा आफ्नो वडा अधिवेशन भईरहेको जानकारी जनमत पार्टी बाँकेका नेता जाबिर हल्वाईले दिएका छन।
प्रमुख अतिथीले मन्तब्य राख्नेक्रममा मधेशको नाममा राजनीति गर्ने नेताहरु माथि खनिएका थिए उहाँले भन्नु भयो अब मधेसी जनतासामू जनमतको बिकल्प न रहेको जिकिर गरेका छन अहिले सम्म मधेशलाई ठग्ने काम मात्र भएको समेत भनेका छन अब हामी स्वराजीहरुको काँधमा ठूलो जिम्मेवारी आऊँदै छ हामी त्यसकै तयारीमा लागेको भनेका छन, आजको कार्यक्रममा उपस्थित नेताहरु मो. फारूक हासमी, अल्ताफ राई, विद्यार्थी नेता मुकिम अंसारी, नाजमा बागवान, नसिमुन शेष लगायतको उपस्थिति रहेको जानकारी जिल्ला नेता रियाज अंसारीले दिएका छन।
Subscribe
Login
0 Comments


