जसपा अध्यक्ष उपेन्द्र यादव बारे (लोसपा)का नेता एवंपुर्ब मन्त्रीले खोले पोल, भ्रष्टाचार देखि कमिशन सम्म
१७ गते कात्तिक २०७८ बुधबार । जनकपुरधाम -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं पूर्वमन्त्री उमाकशंकर अरगरियाले जसपा अध्यक्ष उपेन्द्र यादवको असली चेहरा बाहिर ल्याएका छन् ।
मधेसको मत बेचेर अन्य भुगोलको मान्छेलाई सांसद बनाउनेदेखि मन्त्री हुँदा मधेसीसँग सरुवा बढुवामा पैसा लिनेसम्मका उपेन्द्रका कर्तुत अरगरियाले बाहिर ल्याए । कुनै समय समाजवादी पार्टीमा उपेन्द्र अध्यक्ष हुँदा अरगरिया प्रमुख सचेतक थिए ।
उपेन्द्रका हरेक गतिविधिमा जानकार रहेका अरगरियाले यथार्थ बाहिर ल्याएका हुन् । मधेसको समानुपातिक मतलाई उपेन्द्रको पैसा खाएर काठमाडौंमा बेचेको उनको खुलासा छ ।
धनुषा जिल्लाको भोटबाट काठमाडौंका राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौलालाई समानुपातिक सांसद बनाइएको र यसरी मधेशको मत बेचिएको अरगरियाले स्पष्ट पारे ।
समानुपातिकमा २४० मत मात्रै आएको काठमाडौंका मान्छेलाई मधेसको भोटबाट सांसद बनाएकोमा उनले आपत्ति जनाए । यसको मूल्य उपेन्द्रले चुकाउनुपर्ने उनको चेतावनी छ । मधेसी जनताको मसिहा भन्ने तर जय मधेस भन्न उपेन्द्र डराउने गरेको उनको भनाइ थियो ।
आफूले जय मधेस भन्दा संघीय अभिवादन भन्नुपर्छ भनेर जबरजस्ती लाद्न खोजिएको भन्दै व्यवहारमा उपेन्द्र मधेसको नेता नभएको उनले बताए ।
१८ महिना सरकारमा रहँदा उपेन्द्रले मधेसी जनतासँग पैसा उठाएर सरुवाबढुवा गरेको उनको खुलासा थियो ।
सरुवा बढुवाको नाममा रकम असुली गर्न आफ्नै छोरालाई स्वकीय सचिव राखेको कुरा बिर्सन नहुने पनि उनले बताए ।


