८ आश्विन २०८३, बिहीबार

जानकी गाँउपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता

एसीपी संवाददाता

३० फाल्गुन २०७९, मंगलवार २१:२४ मा प्रकाशित

विभिन्न ७ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै जानकी गाँउपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
जानकी गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा गाँउपालिका भित्र रहेका भूमिहिन सुकुम्बासी र दलितको तथ्यांक छुुटेको भन्ने गुनासो आएकाले चैत्र मसान्त भित्र सम्पूर्ण तथ्यांक संकलन गरी प्रक्रिया अगाडी बढाउने, वडा नम्बर ३, ४ र ६ मा बेवारिसे अवस्थामा रहेका खानेपानी पाईपहरुको संरक्षण गर्ने र खानेपानीसँग समन्वय गरी यथासक्य समस्या समाधानको पहल गर्ने, न्यायीक समितिमा दर्ता भएका मुद्धाहरु लामो समय सम्म फैसला नभएको भन्ने गुनासो आएकाले दर्ता मुद्धाहरुलाई छिटो र छरीतो फैसला गर्न आवश्यक प्रबन्ध मिलाउने, लक्षित बर्ग उत्थान कार्यक्रमका लागि विनियोजन गरिएको बजेट रकमान्तरण गरि अन्यत्रै खर्च गरेको पाईएकाले आगामी दिनमा खुल्ला रुपमा प्रश्तावना आव्हान गरी निष्पक्ष रुपमा कार्यक्रम सञ्चालन गर्ने, गाँउपालिका भित्र सञ्चालीत योजनाहरुको प्रभावकारिता मापनका लागि अनुगमन गर्ने, वडा नम्बर ६ स्थित नहरमा निर्माणाधिन पुल दुई महिना भित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाउने, सामाजिक सुरक्षा भक्ता लिने जेष्ठ नागरिकलाई विना झण्झट सहज रुपमा भक्ता वितरणका लागि वडा मार्फत सहजिकरण गरी यथासक्य सहज वितरणको व्यवस्थापन गर्ने र गाँउपालिकाको बार्षिक योजना छनौट तथा कार्यक्रम तयार गरी योजना तर्जुमाका सबै प्रक्रिया पुरा गरी सहभागितामुलक योजना छनौट गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईको शुरुवातमा जानकी गाँउपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी तथा पालिकाको बजेट कार्यक्रम तथा मुख्य उपलब्धीको बारेमा गाँउपालिकाका प्रमुख प्रशसकिय अधिकृत सिंहराज डांगीले जानकारी गराएका थिए । बासका कार्यवाहक अध्यक्ष शिब कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका पूर्ब अध्यक्ष मन भण्डारीले गरेका थिए भने सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । सुनुवाईमा ३६० बढीको सहभागिता रहेको थियो ।
सुनुवाईमा गाँउपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादब, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, वडा नम्बर १ का अध्यक्ष मो. रजा राई, २ का अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, वडा नम्बर ४ का अध्यक्ष रमेश कुमार बर्मा, ५ का अध्यक्ष टिकानाथ यादब, ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरु, वडा सदस्य, पालिकाका सल्लाहकार लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x