२ श्रावण २०८३, शनिबार

जामा मस्जिदमा आगामी नेतृत्व चयनको रस्साकस्सी

एसीपी संवाददाता

९ भाद्र २०८१, आईतवार ०९:०७ मा प्रकाशित

नेपालगन्जका मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र, जामा मस्जिदमा आगामी नेतृत्व चयनको रस्साकस्सी बढेको छ ।

आगामी भाद्र २२ गते हुने साधारणसभाले नेतृत्व चयनका लागि तिथि तय गर्ने कार्यक्रम भएपनि सार्वजनिक रुपमै नेतृत्व चयनका रस्साकस्सी शुरु भएका हुन् ।

अनियमितता र भ्रष्टाचारको आरोपका कारण पुरानो नेतृत्व विवादित हुँदा स्थानीय प्रशासनले गठन गरेको तदर्थ समितिले सदस्यतासमेत वितरण गर्ने गरि समिति भंग गरिएको थियो ।

‘अब इमान्दार र नमाजी व्यक्ति संचालक समितिका लागि छनोट प्रक्रिया अगाडि बढाएको’ धार्मिक अगुवाहरुको भनाइ छ । त्यसका लागि जामा मस्जिद तदर्थ समितिले जिल्ला प्रशासनको आदेश अनुसार पुरानो सदस्यता खारेज गरी नंया सदस्यता वितरण गरिरहेको जनाएको छ ।

आर्थिक विवादका कारण फिदा हुसैनको नेतृत्व रहेको संचालक समिति अयोग्य ठहर गरिएको थियो । उनलाई मस्जिदको रकम हिनामिना भएको आरोप पनि लागेको छ । दुई वर्ष अघि सदस्यता वितरण गर्दा उठेको सदस्यता शुल्क हालसम्म पनि मस्जिदको बैंक खातामा जम्मा न गरेको आरोप उनीमाथि छ ।

जामा मस्जिदमा नयाँ नेतृत्व आउने निश्चित भएपछि दावेदारहरुको रस्साकस्सी देखिएका छन् । पहिलो पटक मस्जिदको नेतृत्व गर्न महिलासमेत अग्रसर देखिएका छन् ।

सामाजिक छवि बनाएकी लेखक शाहिदा बानो शाहले आफ्नो दावेदारी पेश गर्दै मुस्लिम समुदायको पवित्र धार्मिक यात्रा गराउने हज समितिमा राजनीतिक नियुक्तिका लागि सक्षम महिला मस्जिदमा नेतृत्व गर्न स्वाभाविक दावेदार हुनसक्ने बताइन् ।

‘यदि घरायसी विवाद मिलाउने हो भने पर्दामा बस्ने महिलाका कुरा पुरुषले कसरी सुन्ने ?,’ आफ्नो दावेदारीको औचित्व राख्दै शाहले दैनिक नेपालगन्जसँग भनिन्, ‘महिलाका केही विशेष र फरक समस्या पुरुषले कसरी सुन्ने र समाधान गर्ने ?’ विपदमा महिला र किशोरीहरु पनि प्रभावित हुन्छन् तिनका प्रजनन् समस्या वा महिला विशेष समस्या सुन्न र थाह पाउन पनि महिलाहरु नेतृत्वमा आउन आवश्यक रहेको शाहको ठम्याइ छ ।

जटिल स्वास्थ्य समस्या देखि शिक्षासम्ममा महिलाको अग्रसरता आवश्यक भएकाले आफुले नेतृत्वमा जान चाहेको प्रष्ट पार्दै शाहले बालिका मैत्री शिक्षालय कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय पनि आवश्यक रहेकाले आफ्नो अग्रसरता औल्याइन् ।

अधिकारकर्मी शाहले सार्वजनिक रुपमै नेतृत्व दावेदारी गर्दा पनि कसैले उनलाई आफ्नो टीममा समावेश गर्न चाहेको आशय चाहिं बाहिर आएको छैन । ‘नचाहनुको कारण के हो ? के महिलाको नेतृत्व स्वीकार गर्न सक्ने हृदय नेपालगन्जको मुसलमानको छैन् त ?’ दैनिक नेपालगन्जको प्रश्नमा शाह भन्छिन्, ‘एउटै महिलामात्रैले गरेको दावेदारी खेर नजाला ।’

आगामी भाद्र २२ गते हुने साधारण सभाबाट तय गरिएको चुनावको मितिको दुई दिन अगाडि उम्मेदवारी मनोनयन हुने बताइएको छ ।

शाहसँगै जामा मस्जिदमा अध्यक्ष पदमा आसिफ अंसारी, ज्याउल हक हल्वाई, अब्दूल गफ्फारलगायतका नाम चर्चा गरिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x