३० श्रावण २०८३, शनिबार

डा. सुरेश कुमार कनोडिया नेपालमा मेडिकल कलेज सेवाको अभियन्ता

एसीपी संवाददाता

३० श्रावण २०८३, शनिबार १०:०५ मा प्रकाशित

डा. सुरेश कुमार कनोडियाको बारेमा केही कुराहरू लेख्न गइरहेको छु एकपटक अवश्य पढ्नु होला –
वि.स. २०५३/५४ सालमा भारतीय नागरिक डि.याई पाटिल लगाएतको टिमसंग नेपालगन्ज मेडिकल कलेज किनेर नेपाली लगानीकर्ताहरु मिलेर सञ्चालनमा ल्याइएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेजले प्रत्यक्ष रुपमा १५०० जना बढीलाई र‍ोजगारी र अप्रत्यक्ष रुपमा लाखौंलाई र‍ोजगारी दिएको छ यो कसरी भन्नुहोला, यदि मेडिकल कलेज नेपालगन्जमा र कोहलपुर तथा चिसापानीमा सञ्चालनमा हुदैनथ्यो भने आज न कोहलपुर अहिलेको अबस्थामा विकसित हुन सक्थ्यो न ठूलाठूला होटल तथा पसलहरु बन्न सक्थे, यो नेपालगन्जमा पनि र चिसापानीमा पनि केही मात्रामा व्यापार व्यवसायी गरेर लाखौंको रोजगारी सिर्जना भएको छ ।

विगतका दिनहरुमा डा. कनोडियाका अघिपछि हिड्ने, संगै बस्ने, खाने, खेल्ने सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै फाइदा लिएको अवश्य हो यो सबैलाई थाहा छ, राजनीतिक दलहरु, भातृ संघसंगठनहरु, पार्टीका नेताहरू सबैले यो वा त्यो ढङ्गले फाइदा लिएकै हुन् यो कसैले लुकाएर पनि लुक्दनै ।
चन्दा माग्नेहरुले त झन् मागि खाने भाडो जस्तै महिनापिच्छे रसिद लिएर माग्ने गरेको यिनै आँखाले देखेको हुन् तर अहिले पछिल्लो समयमा डा. कनोडियालाई केही कठिनाइ अवश्य परेको छ यो बेलामा हिजोको ती व्यक्तिहरु जसले खासै सहयोग गरेको पाइएको छैन? उहाँलाई विगतमा सल्लाह दिनेहरुका कारण र केही पारिवारिक कारणले आज उहाँलाई समस्या परेको अवश्य छ ।चाहे कानुनी रुपमा होस् वा व्यक्तिगत रुपमा होस् ।
अर्को मुख्य कुरा हिजो जसरी संस्थाबाट आफ्नो केही शेयर बिक्रीवितरण गर्नु भयो सो समयमा लामो समयदेखि नेपालगन्जमा काम गरेका कर्मचारीहरुलाई व्यवस्थापन राम्रोसँग गर्न उहाँ चुक्नु भएकै हो,बिक्रीवितरण गर्न मज्जाले पाइन्छ पाइन्थ्यो तर आफ्ना ती सन्तति जस्ता कर्मचारीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएन जुन कर्मचारीहरु आज बेखुसी भएका छन् केहीलाई कोहलपुर जानुपर्ने अवस्था सिर्जना भयो जसको कारण पनि आज सामाजिक सञ्जालमा समेत सपोर्ट गर्नेको कमी महसुस भएको छ ।
अहिले म ठोकुवाका साथ भन्न सक्छु हिजोको दिनमा डा. कनोडियाबाट फाइदा लिएकाहरु आज ठिक्क भयो भन्नेहरुको पनि कमी छैन तर यदि उहाँले यो क्षेत्रमा यो नेपालगन्ज मेडिकल कलेज स्थापना नगर्नु भएको भए आज नेपालगन्ज र कोहलपुर यो अवस्था भन्दा निकै पछाडि रहने थियोे एकपटक सबैले मम गरेर मनन गर्नुहुन सादर अनुरोध छ । लेखकको ब्याक्तीगत बिचारहो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x