१३ कार्तिक २०८३, बिहीबार

नेकपाका नेता गौतम र चिनिया राजदूत होउ यान्छी बिच किन भयो भेटवार्ता

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार १६:५७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

नारायणहिटी दरवारको पूर्वी गेटमा रहेको राधे–राधे कम्प्लेक्समा सोमबार दिउँसो गौतमसित चिनियाँ राजदूत यान्छीले भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले बताएको छ । संयोजक गौतम र राजदूत यान्छीबीच सो कम्प्लेक्समा रहेको एक कफी सपमा बारम्बार भेटवार्ता हुँदै आएको छ ।

औपचारिक भेटवार्ता नभएको गौतमका सचिवालय सदस्य विश्वमणी सुवेदीले जानकारी दिए ।

संयोजक गौतम कफी पिउनका लागि सो स्थानमा जाने र राजदूत पनि आएको समयमा भेट भएको हुनसक्ने उनको भनाइ छ । ‘यो औपचारिक भेटवार्ता होइन, कफी मिटिङ मात्र हो’ उनले भने ।

चीन नेकपा एकताको पक्षमा छ । पार्टी एकता अभियान चलाएका नेता गौतमलाई चिनिया राजदूतले बारम्बार भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गौतमसित तीन हप्ताअघि पनि यान्छीले भेटेका थिए ।

राधे–राधे कम्प्लेक्समा गौतमका छोरा हरिशदेव गौतमको अफिस छ । कतिपय भेटवार्ता वामदेवले सो अफिसमा गर्ने गरेका छन् । नागरिकखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] नेकपाका नेता गौतम र चिनिया राजदूत होउ … […]

1
0
Would love your thoughts, please comment.x
()
x