२३ श्रावण २०८३, शनिबार
नेकपा ओली पक्ष मोटरसाइकल र्याली
पक्षमा नेकपा ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा मोटरसाईकल र्याली निकालेको छ ।
माघ २३ गते काठमाडौँमा आयोजना हुने नेकपा ओली समूहको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल ¥यालीको आयोजना भएको हो ।
काठमाडौँका विभिन्न स्थानबाट निस्केको ¥याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो । नेकपा सो पक्षका नेता महेश बस्नेतले प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचन घोषणा गरेको भन्दै यसले मुलुकलाई निकास दिने बताउनुभयो । उहाले २३ गतेको आमसभामा स्वतस्र्फुत रुपमा सर्वसाधारणहरु काठमाडौं आउने दावी गर्नुभयो ।
माघ २३ गते प्रधानमन्त्री ओलीले दरबारमार्गमा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ आमसभाका लागि लाखौं मानिस उपस्थित गराउने तयारी नेकपाले गरेको छ ।
Subscribe
Login
0 Comments


