१ श्रावण २०८३, शुक्रबार

नेपालगन्जमा मुस्लिम महिलाहरुका लागि एक दिने कार्यशाला

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार २०:१९ मा प्रकाशित

महिलाहरुको अधिकार र विभेदविरुद्ध अन्तर्राष्ट्रिय महासन्धी महासभा, जसलाई सिडा भनिन्छ । सिडाको अवधारणा अन्र्तगत मुस्लिम महिलाहरुको सहभागिता तथा सक्रियताका लागि नेपालगन्जमा मुस्लिम महिलाहरुका लागि एक दिने कार्यशाला गरिएको छ ।

मुस्लिम महिला समाज कल्याण काठमाण्डौको आयोजनामा पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, जाजरकोट लगायत जिल्लाका करिब ५० जना बढी मुस्लिममहिलाहरुलाई शसक्तीकरण गर्न महिलासंग सम्वन्धित विभिन्न कानून तथा नीतिका बारेमा जानकारी गराईएको छ ।

कार्यशालाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद एवम् पुर्व मन्त्री कृष्णा केसीले मुस्लिम महिलाहरु सबै तहमा पछि परेकाले सब भन्दा पहिला जागरुक बनाई शसक्तिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उनीहरुको सहभागिताका लागि नीतिगत रुपमा व्यवस्था गर्नपर्ने भएकाले यस सवालप्रति सम्वन्धित निकायको ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुस्लिम महिला अधिकारकर्मी साजिदा सिद्दिकी, मैमुना सिद्दिकी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, गैसस महासंघ बाँकेका सचिव रमेश सिटौला, शाहिदा शाह, प्रिजमा थारु, अतहर हुसेन फारुकी लगायतले मुस्लिम महिलाहरुको विभिन्न समस्याका बारेमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

समाज कल्याणका अध्यक्ष मुस्लिम अगुवा महिला सिमा खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुस्लिम अधिकारकर्मी महिला नजबुल खानले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा अधिकारकर्मी रविन्द्र कर्णले महिला सम्वन्धीको कानून व्यवस्था (सिडा)का बारेमा सहजीकरण गर्नुभएको थियो ।  मुस्लिम महिलाहरुलाई उच्च शिक्षा र व्यावसायिक तालिममा प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

शिक्षामा उनीहरूको आत्मनिर्भरता र क्षमता विकासको प्रमुख आधार मानिएको छ । महिलाहरुलाई रोजगारी र उद्यमशीलताका अवसरमा पहुँच दिनु, जसले उनीहरूको आर्थिक स्वतन्त्रता बढाउउन मद्दत गर्नुपर्ने अधिकारकर्मी तिवारी बताउनुहुन्छ ।

मुस्लिम महिलाहरुका लागि कानूनी अधिकार र सुरक्षा सुनिश्चित गर्नु, जस्तै विवाह, तलाक, र सम्पत्ति अधिकारमा समानता कायम गर्नुपर्ने र समुदायमा महिला अधिकार र समानता बारे जागरूकता फैलाउनु, जसले समाजको सोचमा परिवर्तन ल्याउन मद्दत गर्ने कुरा अधिकारकर्मी नजबुल खानले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x