१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानमा फेरि आतंकवादी शिविर शुरु , तालिवान कब्जा पछि अफगानिस्तानमा प्रशिक्षण हुने संभावना

एसीपी संवाददाता

८ मंसिर २०७८, बुधबार ०९:१४ मा प्रकाशित

८ गते मङ्सिर २०७८ ।  अफगानिस्तान सत्तामा तालिवानको इन्ट्रीपछि पाकिस्तानले फेरि आतंकवादी गतिविधिलाई प्रश्रय दिन थालेको खुलेको छ ।

अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि पाकिस्तानले प्रतिबन्धित आतंकवादी संगठन लश्कर-ए-तैयबालाई मदद गरिरहेको खुलेको हो ।

भारतीय खुफिया एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यो तथ्य सार्वजनिक गरेका हुन् । पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित आतंकवादी संगठनलाई संरक्षणमात्रै दिएको छैन, अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा र अफगानिस्तानमा नयाँ क्याम्प स्थापना गरेर आतंकवादी लडाकुको भर्तीमा समेत मद्दत गरिरहेको छ ।

पाकिस्तानको संरक्षणमा यी ठाउँमा आतंकवादीलाई बिना रोकटोक प्रशिक्षण तालिम समेत प्रदान भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x