प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका द्वारा टुँडिखेल घेराउ
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । 
विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् । दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको भन्दै विरोध गर्नुपरेको उनीहरुको भनाई छ । उनीहरुले सरकार देशमा भएका समस्याहरूप्रति गैरजिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील र उत्तरदायी नभएको आरोप पनि लगाएका छन् । कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नुलाई भत्र्सना गर्दै जनताको सवोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेको छ । कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए


